नेपालमा हुने एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ मा सहभागी हुन विदेशी टोली नेपाल आउने क्रम जारी छ।
नेपाल रग्बी संघका अनुसार बुधबार थप ५ राष्ट्र नेपाल आइपुगेका छन्।
पाकिस्तानको पुरुष, भारतको पुरुष/महिला, इन्डोनेसियाको महिला, काजाकिस्तानको पुरुष र ग्वामको महिला टोली नेपाल आएको नेपाल रग्बी संघका सदस्य नवीन थापाले जनाएका छन्।
योसहित नेपाल आइपुग्ने विदेशी टोलीको संख्या ८ पुगेको छ। मंगलबार अफ्गानिस्तान, चाइनिज ताइपेईं र फिलिपिन्स टोली नेपाल आएका थिए।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।
15
Shares
प्रतिक्रिया