विश्वविजेता अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सी मैत्रीपूर्ण खेलका लागि जाने क्रममा बेइजिङ एयरपोर्टमा झमेला भएको छ।
समाचार अनुसार अर्जेन्टिना र स्पेनका दुवै राहदानीसहित बेइजिङ उत्रिएका उनलाई त्यहाँ चिनियाँ प्रहरीले दुई घण्टासम्म नियन्त्रणमा लिएको हो।
मेस्सी अर्जेन्टिनाको राहदानीको साटो स्पेनिस राहदानीबाट चीनको यात्रामा थिए।
समाचार अनुसार मेस्सीलाई चीनको बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरीले दुई घण्टासम्म रोकेर राखेको हो।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा मेस्सी चिनियाँ प्रहरीद्वारा घेरिएको देखिएका छन्।
अर्जेन्टिनाले आगामी जुन १५ तारिखमा बेइजिङको वर्कर्स स्टेडियममा अस्ट्रेलियासँग एक अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।
फिफा विश्व कप च्याम्पियन अर्जन्टिना आफ्नो प्रदर्शनबाट चिनियाँ समर्थकको मन जित्ने कोसिसमा छ।
यसअघि सोमबार सार्वजनिक भिडिओले सबैलाई चकित बनाइदिएको छ। यो घटना जुन १० मा भएको हो। जुन अहिले भाइरल भइरहेको छ।
सार्वजनिक भिडिओमा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीलाई चिनियाँ पुलिसले हिरासतमा लिए जस्तो देखिन्छ।
त्यहीकारण मेस्सी र उनका साथीहरुले केहीबेर झमेला भोग्नु परेको थियो। राहदानी विवादका कारण ३५ वर्षीय मेस्सी बेइजिङ विमानस्थलको निर्देशनअनुसार दुई घण्टासम्म रोकिनुपर्यो।
समाचार अनुसार यस्तो हुनुको कारण उनीसँग रहेका दुईवटा राहदानी हुन्। उनीसँग अर्जेन्टिना र स्पेनिश दुई देशका राहदानी छन्।
तर मेस्सी अर्जेन्टिनाको राहदानीको साटो स्पेनिस राहदानीमा यात्रारत थिए। तर उनको स्पेनिस राहदानीमा चीनको भिसा लागेकै थिएन। यहीकारण चिनियाँ प्रहरीले मेस्सीलाई विमानस्थलमै रोकेको हो।
करिब आधा घण्टापछि यो विवादको हल खोजियो। उनलाई त्यहीँ इन्ट्री भिसा दिएपछि मेस्सी विमानस्थलबाट बाहिर निस्किन पाए।
समाचार अनुसार स्पेनको राहदानीबाट चीनमा बिनाभिसा पस्न सकिँदैन। स्पेनको राहदानीमा बिनाभिसा ताइवान भने प्रवेश गर्न सकिन्छ।
लियोनल मेस्सीले ताइवान पनि चीनकै भूभाग रहेको ठानेका थिए। त्यहीकारण उनले भिसाका लागि निवेदन नै दिएनन्।
समाचार अनुसार सुरुमा मेस्सी र चिनियाँ विमानस्थलमा तैनाथ प्रहरीबीच भाषाको समस्या भएको थियो। त्यसलाई तत्कालै हल गरियो।
चीनमा मेस्सीका लाखौँ फ्यान छन्। एयरपोर्टबाट निस्किने क्रममा मेस्सीलाई उनका फ्यानले भव्य स्वागत गरे। एयरपोर्ट र उनी बस्ने होटलबाहिर हजारौँ फ्यान जम्मा भएका छन्। फुटबल करिअरमा मेस्सी सातौँ पटक चीनको यात्रामा छन्।
Shares
प्रतिक्रिया