ad ad

खेल


करण चम्किँदा अप्ठ्यारोमा अमेरिका, १९ रन जोड्दा गुमायो ४ विकेट

करण चम्किँदा अप्ठ्यारोमा अमेरिका, १९ रन जोड्दा गुमायो ४ विकेट

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८० मंगलबार १३:५२, काठमाडौँ

आईसीसी विश्वकप छनोटअन्तर्गत अमेरिकाविरुद्ध नेपालले शानदार प्रर्दशन गरिरहेको छ। 

जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको अमेरिकाले १२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर २९ रन बनाएको छ। 

नेपालका लागि करण केसी एक्लैले ४ विकेट लिएपछि अमेरिका दबाबमा परेको हो। 

अलराउण्डर करणले दशौं ओभरको दोस्रो बलमा नोसथुस केन्जीगलाई पवेलिएनको बाटो देखाउँदा आफ्नो नाममा ४ विकेट पारे। 

१ रन बनाएका नोसथुसलाई करणले आरिफ शेखको हातबाट क्याच आउट गराए। अमेरिकाविरुद्ध घातक बलिङ गरेका करणले पाँचौ ओभरमा ४ विकेट लिएर मात्र ७ रन खर्चिएका छन्। 

त्यसअघि करणले नै आठौं ओभरको पाँचौं बलमा आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए। 

२२ बल खेलेका जोन्सले मात्र २ रनमा पवेलियन फर्के। दोस्रो ओभरको पाँचौ बलमा स्टेभन टेलरलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई अर्को सफलता दिलाए। 

करणले व्यक्तिगत आफ्नो पहिलो तथा टोलीको  दोस्रो ओभरको अन्तिम बलमा साइतेजा मुक्कामल्लालाई क्याच आउट गराएर सुखद सुरुवात गरेका थिए। 

त्यसपछि पनि करणको बलिङ अमेरिकालाई भारी पर्यो। विश्वकप छनौटको सुपर सिक्समा अटाउन जित्नै पर्ने दबाबमा दुवै टोली छन्। 

यसअघि पहिलो खेलमा नेपाल आयोजक जिम्बाब्वेसँग र अमेरिका वेष्टइन्डिजसँग पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .