ad ad

खेल


कप्तान रोहित पौडेल ३० रन बनाउँदै आउट भए, नेपाललाई चौथो धक्का

कप्तान रोहित पौडेल ३० रन बनाउँदै आउट भए, नेपाललाई चौथो धक्का

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८० बिहिबार १८:२९, काठमाडौँ

आईसीसी विश्वकप छनोट खेलअन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले चौथो धक्का ब्यहोरेको छ।

वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० औँ ओभरको खेल सकिदा  ४ विकेट गुमाएको हो। 

२० औं ओभरको चौथो बलमा नेपालले कप्तान रोहित पौडेललाई गुमायो। रोहित ४३ बलमा ३ चौकासहित ३० रन बनाउँदा क्याच आउट भए।

त्यसअघि ३६ बलमा ३ चौका हान्दै २८ रन बनाएका आशिफ क्याच आउट भएका थिए।   

भीम सार्की पाचौँ ओभरको दोस्रो बलमा २ रन बनाउँदा विकेट किपरको हातबाट क्याच आउट भए। 

ओपनर कुशल भुर्तेल दोस्रो ओभरको चौथो बलमा अल्जारी जोसेफको बलमा बोल्ड आउट भए। 

३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तीमा ४ विकेट गुमाएर ८२ रन बनाएर खेलिरहेको छ।

अहिले क्रिजमा आशिफलाई साथ दिन कुशल मल्ल आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .