ad ad

खेल


लगातार विकेट पतनसँगै संकटतिर नेपाल

लगातार विकेट पतनसँगै संकटतिर नेपाल

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८० बिहिबार १८:४७, काठमाडौँ

आईसीसी विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध पाँचौं विकेट गुमेपछि नेपाली टोली दबाबमा आएको छ। 

वेष्ट इण्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले २३ औं ओभरको खेल जारी रहँदा ५ विकेट गुमाएको हो।

१ सय रन पनि कटाउन नसक्दा ५ विकेट गुमाएपछि नेपाली टोली संकटमा  आएको हो। 

२३ औं ओभरको पहिलो बलमा कुशल मल्ल २ रनमा आउट भए। अकेल होसेनको बलमा कुशल मल्ल क्याच आउट भए। 

नेपालले दोस्रो ओभरमा नै ओपनर कुशल भुर्तेललाई ५ रनमा गुमाएको थियो। अल्जारी जोसेफको बलमा कुशल बोल्ड आउट भए। 

पाँचौं ओभरमा नेपालले भिम सार्कीलाई गुमायो। ७ बलमा २ रन बनाएका भिम जेसन होल्डरको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए।

नेपालले १२ औं ओभरको अन्तिम बलमा विकेट किपर आशिफ शेख २८ रनमा क्याच आउट भए। ३६ बलको सामना गरेका आशिफ ३ चौका हान्दै किमो पउलको बलमा कायल मेयर्सको हातबाट क्याच आउट भए। 

२० औं ओभरको चौथो बलमा नेपालले कप्तान रोहित पौडेललाई गुमायो। कप्तान रोहित ४३ बलमा ३ चौका ममद्धतमा ३० रन बनाउँदा क्याच आउट भए। 

त्यसअघि जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३९ रनको योगफल तयार पारेको थियो।

आईसीसी विश्वकप छनोटमा नेपालले चौथो विकेट गुमाएको छ। वेष्ट इण्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० औं ओभरको खेल सकिदा  ४ विकेट गुमाएको हो। 

२० औं ओभरको चौथो बलमा नेपालले कप्तान रोहित पौडेललाई गुमायो। कप्तान रोहित ४३ बलमा ३ चौक ममद्धतमा ३० रन बनाउँदा क्याच आउट भए।

 त्यसअघि ३६ बलमा ३ चौका हान्दै २८ रन बनाएका आशिफ क्याच आउट भएका थिए।   

भीम सार्की पाचौं ओभरको दोस्रो बलमा २ रन बनाउँदा विकेट किपरको हातबाट क्याच आउट भए। 

ओपनर कुशल भुर्तेल दोस्रो ओभरको चौथो बलमा अल्जारी जोसेफको बलमा बोल्ड आउट भए। 

वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १०१ रन बनाउँदै खेलिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .