आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाली टोली दबाबमा परेको छ। नेपालले ३६ ओभर खेलिरहँदा १ सय ३२ रन बनाएको छ भने ७ विकेट गुमाएको छ।
अहिले त्रिजमा गुलसन झा ९ र सन्दीप लामिछाने ४ रनमा खेलिरहेका छन्।
२५.२ ओभरमा १९ बलमा १ छक्का हान्दै १२ रन बनाएका कुशल मल्ल आर्यन दत्तको बलमा क्याच आउट भए।
१८.१ ओभरमा ५६ बल खेलेका भिम सार्की १ चौका मद्धतमा २२ रन बनाउँदा क्याच आउट भए।
आरिफ शेख १६.१ ओभरमा विक्रमजित सिंहको बलमा भ्यान बेकको हातबाट क्याच आउट भए।
विश्वकप छनोटमा सुपर सिक्सका लागि जित्नै पर्ने खेलमा नेपाल दबावमा परेको हो।
57
Shares
प्रतिक्रिया