ad ad

खेल


इङलिस प्रिमियर लिग: साउथहेप्टनविरुद्ध एएफसी बर्नमाउथको सहज जित

इङलिस प्रिमियर लिग: साउथहेप्टनविरुद्ध एएफसी बर्नमाउथको सहज जित

नेपालखबर
असोज १५, २०८१ मंगलबार ६:६, काठमाडौँ

इङलिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा एएफसी बर्नमाउथले साउथहेप्टनमाथि सहज जित निकालेको छ। 

भाइटालिटी स्टेडियममा भएको खेलमा साउथहेप्टनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। 

वर्नमाउथले पहिलो हाफमा नै ३–० को आरामदायी अग्रता बनाएको थियो। 

पहिलो हाफको १७ औँ मिनेटमा इभानिल्सनको गोलमा बर्नमाउथले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३२ औँ मिनेटमा डांगो अउटाराको गोलमा घरेलु टोलीले अग्रता दोब्बर पार्यो। 

पहिलो हाफको ३९ औँ मिनेटमा एन्टोनी सेमेन्योको गोलमा पहिलो हाफमा नै घरेलु टोलीले ३–० को अग्रता बनायो। 

खेलको ५१ औँ मिनेटमा टेलर हार्वुड बेलिसले गरेको गोल साउथहेप्टनका लागि शान्त्वना बन्यो। 

जितसँगै वर्नमाउथ अंक तालिकाको ११ औँ स्थानमा उक्लेको छ। लिगका ६ खेलमा समान २ खेलमा जित, हार र बराबरी गरेको वर्नमाउथ ८ अंकमा तालिकाको ११ औँ स्थानमा छ। योसँगै लिगको छैटौँ चरण सकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .