ad ad

खेल


पाकिस्तानविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अञ्जनको स्थानमा आवास

पाकिस्तानविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अञ्जनको स्थानमा आवास

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८० मंगलबार १५:१३, काठमाडौँ

भारतमा जारी साफ च्याम्पियनसिपका लागि पाकिस्तानविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। नेपालले भारतसँगको खेलको सुरुवाती टोलीबाट एक खेलाडी परिवर्तन गरेका छन्। 

मुख्य प्रशक्षिक भिन्सेन्जो अल्बर्टो एनेसेले पाकिस्तानविरुद्धको खेलका लागि आवास लामिछानेलाई सुरुवाती ११ मा मौका दिएका छन्। भारतसँगको खेलमा चोट लागेपछि मैदान छाडेका अञ्जन विष्ट आजको खेलमा वैकल्पिक खेलाडीका रुपमा छन्। 

टोलीको गोलपोष्ट कप्तान तथा नियमति गोलरक्षक किरण चेम्जोङले सम्हाल्नेछन्। नेपालको आक्रमणको जिम्मा विमल घर्तीमगर, आयुष घलान र मनिष डाँगीलाई दिइएको छ। मिडफिल्डमा आवास लामिछाने, एरिक विष्ट र लाकेन लिम्बु छन्। रक्षापक्तीमा सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ र रोहित चन्द छन्। 

खेल, बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा हुने खेल पौने ४ बजे सुरु हुनेछ। 

सुरुवाती दुई खेलमा हार भोग्दै समुह चरणबाट बाहिरिसकेका नेपाल र पाकिस्तान अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहान्छन्।

पाकिस्तानविरुद्ध खेल्ने नेपाली टोलीः 
किरण चेम्जोङ, अनन्त तामाङ, लाकेन लिम्बु, एरिक विष्ट, विमल घर्तिमगर, आयुष घलान, आवास लामिछाने, देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, मनिष डाँगी र रोहित चन्द।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .