साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल र पाकिस्तानले पहिलो हाफमा बराबरी खेलेका छन्। बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा जारी खेलको पहिलो हाफमा नेपाल र पाकिस्तानले गोलरहित बराबरी खेलेका हुन्।
पहिलो हाफमा पाकिस्तानलाई केही दबाबमा राखेको नेपालले गोल गर्ने सुन्दर मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।
पाकिस्तानका खेलाडीले विमल घर्तिमगरलाई पेनाल्टी डिबक्स एरिया नजिक फाउल गरेपछि रेफ्रिले नेपाललाई फ्रिकीकको अवसर दिएको थियो। खेलको १३ औं मिनेटमा विमलको फ्रिकीक पोष्टको माथिबाट बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमायो।
समूह चरणबाट बाहिरिसकेका नेपाल र पाकिस्तान दुवै पहिलो जित निकाल्दै सुखद अन्त्य गर्न चाहान्छन्।
30
Shares
प्रतिक्रिया