मलेसियामा जारी एसीसी अन्डर सिक्सटिन (U-16) इस्ट जोन कपको पहिलो सेमिफाइनलमा नेपाल आज (सोमबार) सिंगापुरसँग भिड्दै छ।
बायोमास ओभल क्रिकेट मैदानमा नेपाल-सिंगापुर प्रतिस्पर्धा नेपाली समयानुसार बिहान सवा ७ बजे सुरु हुनेछ।
नेपाल समूह एको विजेता र सिंगापुर समूहबी को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।
नेपालले समूह चरणमा थाइल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराएको थियो।
सिंगापुरले भने इन्डोनेसियालाई १ सय ४ र माल्दिभ्सलाई २ सय ४५ रनले हराएको थियो।
सिंगापुर हङकङसँग भने ७ विकेटले हारेको थियो।
आजै हुने अर्को सेमिफाइनलमा हङकङ र मलेसिया भिड्नेछन्।
फाइनल खेल मंगलबार हुनेछ।
नेपाल आजको खेलमा हारे तेस्रो स्थानका लागि मंगलबार प्रतिस्पर्धा गर्नेछ।
36
Shares
प्रतिक्रिया