एसीसी अन्डर सिक्सटिन (U-16) इस्ट जोन कपको फाइनलमा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेपछि घरेलु टोली मलेसियाले बलिङ गर्ने भएको हो।
नेपाली टोली मलेसियालाई हराउँदै लगातार तेस्रोपटक उपाधि उचाल्ने योजनामा छ।
सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
मलेसिया भने हङकङलाई ७८ रनले हराउँदै फाइनल प्रतिस्पर्धामा प्रवेश गरेको हो।
66
Shares
प्रतिक्रिया