ad ad

खेल


ला लिगामा रियल र एथलेटिकोले गरे बराबरी

ला लिगामा रियल र एथलेटिकोले गरे बराबरी

नेपालखबर
असोज १४, २०८१ सोमबार ७:४६, काठमाडौँ

स्पेनिस ला लिगाअन्तर्गत मड्रिड डर्वीमा भएको खेलमा रियल मड्रिड र एथलेटिको मड्रिडले बराबरी गर्दै अंक बाँडेका छन्। 

आइतबार राति एथलेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा उनीहरूले १–१ को बराबरी गरेका हुन्।

बराबरीसँगै ला लिगामा दुवै टोली हारबाट जोगिएका छन्। 

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। 

खेलको इन्ज्युरी समयमा एन्जल कोरियाले गोल गर्दै एथलेटिको मड्रिडलाई रोमाञ्चक बराबरीमा ल्याएका हुन्। 

खेलको ६४औँ मिनेटमा रियलका एडर मिलिटाओको गोलमा पाहुना टोलीले सुरुवाती अग्रता बनाएको थियो।

बराबरी गरेसँगै रियल ८ खेलमध्ये ५ मा जित र ३ मा बराबरी गर्दै १८ अंकका साथ दोस्रो स्थानमा छ। समान खेल खेलेको एथलेटिको ४ खेलमा जित र त्यति नै खेलमा बराबरी गर्दै १६ अंकसहित तेस्रो स्थानमा छ।

ला लिगामा गएराति भएका ४ खेलमध्ये एक खेलको मात्र नतिजा आउँदा बाँकी ४ खेल भने बराबरीमा सकिए।

गएरातिका खेलमा सेल्टा डि भिगो र जिरोना तथा एथलेटिको क्लब र सेभिल्लाले १–१ को बराबरी गर्दै अंक बाँडे।

अर्को खेलमा रियल बेटिसले इस्प्यानोललाई १–० ले हरायो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .