ad ad

खेल


आयरल्यान्डलाई नेपालले दियो २ सय ६९ रनको चुनौती

आयरल्यान्डलाई नेपालले दियो २ सय ६९ रनको चुनौती

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८० मंगलबार १६:२८, काठमाडौँ

आइसीसी विश्वकप छनोटअन्तर्गत सातौँ स्थानको लागि जारी खेलमा नेपालले टेस्ट राष्ट्र आयरल्यान्डसामु २ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा आयरल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि  ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९  विकेटको क्षतिमा २ सय ६८ रनको योगफल तयार पारेको हो। 

नेपालका विकेट किपर अर्जुन साउद ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रनमा एलबीडब्लु धरापमा परे।

अर्जुन २६ औँ ओभरको अन्तिम बलमा स्पिनर ग्यारेथ डेलानीको अर्जुन एलबीडब्लू आउट भए। 

अर्जुनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरे।

कप्तान रोहित ३५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा क्याच आउट भए। 

३८ बलमा ५ चौका र २ छक्का हानेका कुशल मल्ल ४४ र भीम सार्की २० रनमा क्याच आउट भए।

ओपनर कुशल भुर्तेल ८ रनमा क्याच आउट भए। ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमा क्याच आउट हुन पुगे। 

दिपेन्द्र सिंह ऐरी शून्य रनमा एलबीडब्लू धरापमा परे। आठौँ विकेटका लागि गुलशन झा र सन्दीप लामिछानेले ८० रनको साझेदारी गरे। 

ओडीआईमा आठौं विकेटका लागि भएको याे उच्च साझेदारी हो। यसअघि आठौँ विकेटका लागि दीपेन्द्र सिंह ऐरि र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए।

गुलशनले ४० बलमा ४ चौका र २ छक्का मद्वतमा अर्धशतक पूरा गरे। 

सन्दीपले ३० बलमा ३ चौका र १ छक्का हान्दै ३२ रन बनाए। करण केसी ४ रनमा आउट भए।  

गुलशन झा ५७ र किशोर महतो १ रनमा नटआउट रहे।  गुलशनले ४२ बलमा बलमा ४ चौका र २ छक्का हाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .