एसीसी टिम्स् एशिया कपको आफ्नो पहिलो खेलमा नेपाल र पाकिस्तान भिड्ने भएका छन्।
(एशियन क्रिकेट काउन्सिल) एसीसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल र पाकिस्तान असार २९ गते खेल्नेछन्।
खेल श्रीलंकाको कोलोम्बोस्थित कोलोम्बो क्रिकेट रंगशालामा हुनेछ।
नेपालले आफ्नो दोस्रो खेल साउन १ गते भारतसँग खेल्नेछ। सो खेल कोलोम्बोको प्रेमदासा अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ।
समूह चरणको अन्तिम खेलमा नेपाल र संयुक्त अरब एमिरेन्ट्स भिड्नेछन्। त्यो खेल साउन ३ गते कोलोम्बोको सारा ओभल स्टेडियममा हुनेछ।
टिम्स् एशिया कपमा नेपाल, भारत, पाकिस्तान र युएई रहेको समुह बी मा रहेको छ। समुह ए मा अफगानिस्तान, बंगलादेश, ओमा र श्रीलंका रहेका छन्।
समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थानमा बनाउनेछन्। सेमिफाइनल विजेताले फाइनलमा स्थान बनाउँदा पराजित टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।
सेमिफाइनल खेल साउन ५ गते हुनेछ। फाइनल खेल साउन ७ गते आइतबार हुनेछ।
एशिया कपका लागि अफगानिस्तान, बंगलादेश, पाकिस्तान र भारतले टोली घोषणा गरिसकेका छन्।
Shares
प्रतिक्रिया