त्रिभुुवन आर्मी क्लब र एपीएफ क्लबले काठमाडौंमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार दोस्रो जित निकालेका छन्।
आर्मी र एपीएफले लगातार दोस्रो जित निकालेको दिन गण्डकी प्रदेश भलिबल क्लब र दावाली मिलन क्लबले भने लागातार दोस्रो हार व्यहोर्न पुगे।
पुरुषतर्फकै अर्को खेलमा भने उपाधि दावेदार टिपटप हेल्प नेपालले भने विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज आइतबार भएको खेलमा लगातार दा्स्रो जित निकाल्दै आर्मी र एपीएफले ६ अंक बनाएका छन्।
आर्मीले दावाली मिलन क्लबलाई २५–१९, २५–११, २५–२० को सोझो सेटमा पाखा लगाएको हो। आर्मीले आफ्नो पहिलो खेलमा शनिबार सैलुङ्ग बाघढुङ्गालाई हराएको थियो।
आजै भएको पुरुषतर्फको अर्को खेलमा एपीएफले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–१ को सेटमा हरायो। पहिलो सेट २१–२५ ले गुमाएको एपिएफले पछिल्ला तिन सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–२१, २५–२३, २५–१७ ले आफ्नो पक्षमा पा।्यो। एपीएफले पहिलो खेलमा शनिबार दावाली मिलन क्लबलाई हराएको थियो।
पुरुषतर्फ नै प्रतियोगिताको दावेदार टिम टिपटप हेल्प नेपालले सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लब, रामेछापलाई ३–० ले पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको छ।
तीन पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रेको हेल्प नेपालले सैलुङ्गलाई २५–१२, २५–१५, २५–१९ ले पाखा लगायो।
Shares
प्रतिक्रिया