ad ad

खेल


भारतविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

भारतविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८० सोमबार १६:२९, काठमाडौँ

भारतसँगको संघर्षपूर्ण खेलमा नेपाली कप्तान रोहित पौडेलले अर्धशतक बनाउन सफल भएका छन्। 

एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत भारत ‘ए’ विरुद्ध सुरुमा धर्मराएको नेपाललाई सम्हाल्दै रोहितले अर्धशतकीय पारी खेलेका हुन्। 

ओपनरहरु फ्लप भएपछि चौथो क्रममा आएका रोहितले नेपालको स्कोर उकास्ने क्रममा ६४ बलको सामना गर्दै अर्धशतक पूरा गरेका हुन्। 

उनले आफ्नो पारीमा ६ चौका पनि हानेका छन्। ताजा अवस्थामा नेपालले २८ ओभर खेल्दै ६ विकेटको क्षतिमा ११६ रन बनाइसकेको छ। 

उनलाई अहिले गुलशन झाले साथ दिइरहेका छन्। गुलशनले सुरुमै छक्का हानेर आफ्नो ब्याटिङको सुरुवात गरे। 

आफ्नो पहिलो खेलमा पराजित नेपालले यसअघि टस जितेर ब्याटिङ थाल्ने क्रममा भारत ‘ए’विरुद्ध निराशाजनक प्रदर्शन गरेको थियो। 

सोमबार दिउँसो २ बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा भारतविरुद्ध ब्याटिङ गर्दै निराशाजनक प्रदर्शन गरेको थियो।

टेस्ट मान्यता प्राप्त छिमेकी राष्ट्रको ‘ए’ टिमविरुद्ध पहिले टस जितेर ब्याटिङमा उत्रिएको नेपालले पाकिस्तानविरुद्धकै कमजोरी दोहोर्‍याएको थियो।

पाकिस्तानसँग जस्तै भारत ‘ए’विरुद्ध पनि नेपालका ओपनर र टप अर्डरका ब्याटरहरु फ्लप भएका थिए। 

नेपाली ओपनर कुशल भुर्तेल केबल २ बलको सामना गर्दै शून्यमै एलबीडब्लु धरापमा परेर पवेलियन फर्किए।

त्यस्तै अर्का ओपनर आशिफ शेख पनि १५ बलमा केबल ७ रन जोड्दै क्याच आउट भए। उनले आफ्नो पारीमा एक चौका हाने।

उता लामो समयपछि सिनियर टिममा अवसर पाउँदै तेस्रो क्रममा ब्याटिङमा उत्रिएका देव खनाल पनि २१ बलमा १५ रन जोड्दा क्याच आउट भए। उनले आफ्नो पारीमा ३ चौका हाने।

पाँचौ क्रमका भीम सार्की पनि आजको खेलमा फ्लप भए। उनी पनि क्रिजमा टिक्न सकेनन्। भारतीय खेलाडीले धारिलो बलिङ गर्दा उनी पनि ८ बल खेल्दै ४ रन जोडेर पबेलियन फर्किए।

अर्कातिर छैटौँ क्रमका कुशल मल्लले खाता नखोली क्याच आउट हुन पुगे। उनले ६ बलको सामना गरेर खाता खोल्नै नपाई आउट भए।

त्यसपछिका सोमपाल कामी पनि ३९ बल खेल्दै केबल १४ रन बनाएर पबेलियन फर्किए।

अहिले क्रिजमा चौथो क्रमका कप्तान रोहित पौडेल र आठौँ क्रमका गुलशन झा छन्। 

अर्धशतक पूरा गरेरका रोहितलाई साथ दिइरहेका गुलशनले ९ बलमा ११ रन जोडेका छन्। 

यसअघि प्रतियोगिता अन्तर्गत प्रतिस्पर्धात्मक खेलमा पाकिस्तानसँग ४ विकेटले पराजित नेपालले भारतलाई टक्कर दिने अपेक्षा थियो। 

उता भारत लगातार दोस्रो जितसहित सेमिफाइनल पुग्ने तयारीमा छ। यता नेपालले अन्तिम चारको यात्राका लागि भारतलाई हराउनै पर्ने चुनौती छ। 

नेपालले पहिलो खेल ४ विकेटले पाकिस्तान ‘ए’लाई सुम्पिएको थियो। उता भारत ‘ए’ यूएई ‘ए’ लाई ८ विकेटले पराजित गरेको थियो। 

घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको च्याम्पियन नेपाल इमर्जिङ कपमा पुगेको थियो।

भारतपछि नेपालले समूह चरणको अन्तिम खेल बुधबार यूएईविरुद्ध खेल्दैछ।

इमर्जिङ एसिया कप प्रतियोगितामा ६ टिम सहभागी छन्। दुई समूहमा विभाजित टोलीबाट शीर्ष दुईले सेमिफाइनल पक्का गर्नेछन्। 

यो प्रतियोगितामा नेपाल समूह 'बी' मा छ। जहाँ भारत र पाकिस्तानसँगै यूएई पनि छन्। असार २८ गतेदेखि प्रतियोगिता सुरु भएको हो। 

दुई बलिया टोलीसँगको खेलपछि नेपाल र यूएई साउन ३ गते आमनेसामने हुँदै छन्। 

अर्को समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। यो समूहबाट पनि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .