ad ad

खेल


कप्तान रोहितले लिए भारत ‘ए’ को पहिलो विकेट

कप्तान रोहितले लिए भारत ‘ए’ को पहिलो विकेट

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८० सोमबार १८:५६, काठमाडौँ

नेपाली कप्तान रोहित पौडेलले भारतको पहिलो विकेट लिन सफल भएका छन्। श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा रोहितले विकेट लिएका हुन्। 

नेपालले पहिले ब्याटिङ गरेर दिएको १६८ रनको लक्ष्य पछ्याएको भारतले उत्कृष्ट सुरुवात गर्दै १९ ओभरमा १३९ रन बनाएको अवस्थामा रोहितले विकेट लिएका हुन्। 

उनले ओपनर अभिषेक शर्मालाई ६९ बलमा ८७ रन बनाएको अवस्थामा कुशल मल्लको हातबाट क्याच आउट गराएका हुन्। 

विकेट गुमाए पनि नेपालले दिएको लक्ष्यलाई भारत ए सजिलै भेट्टाउने अवस्थामा पुगेको छ।

ताजा अवस्थामा भारतले २० औँ ओभर ब्याटिङ गर्दै १ विकेटको क्षतिमा १४६ रन बनाइसकेको छ।

अहिले भारतका लागि क्रिजमा साई सुदर्शन र ध्रुब जुरेल रहेका छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .