ad ad

खेल


बलिङपछि ब्याटिङमा पनि चम्किए कुशल, यूएईविरुद्ध अर्धसतक पूरा

बलिङपछि ब्याटिङमा पनि चम्किए कुशल, यूएईविरुद्ध अर्धसतक पूरा

फाइल तस्बिर


नेपालखबर
साउन ३, २०८० बुधबार १४:४७, काठमाडौँ

ओपनर कुशल भुर्तेलले युएई ए विरुद्ध अर्धसतक पूरा गरेका छन्।

एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तरगत श्रीलंकामा जारी खेलमा कुशलले ३३ बलमा ८ चौका र २ छक्काको मद्दतमा ५१ रन जोडेका हुन्। 

अहिले देव खनालले १८ रनसहित कुशललाई साथ दिइरहेका छन्। पहिलो बलमै ओपनर अर्जुन साउदलाई गुमाएको नेपालले त्यसपछि भने उत्कृष्ठ ब्याटिङ गरेको छ। 

यसअघि पहिले ब्याटिङ गरेको युएई ए १५७ रनमा अलआउट भयो। बलिङ तर्फ पनि कुशलले नै उत्कृष्ठ प्रदर्शन गरे।

१० ओभर बलिङ गरेका कुशलले ४० रन खर्चिएर ६ विकेट लिएका थिए। १० ओभरको खेल सकिँदा नेपालले एक विकेटको क्षतिमा ७३ रन बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .