ad ad

खेल


भारतविरुद्ध पाकिस्तानका तैय्यबको शतक

इमर्जिङ एसिया कप फाइनल :
भारतविरुद्ध पाकिस्तानका तैय्यबको शतक

नेपालखबर
साउन ७, २०८० आइतबार १७:४८, काठमाडौँ

श्रीलंकाको कोलम्बोमा भइरहेको इमर्जिङ एसिया कप क्रिकेटको फाइनल भिडन्तमा अहिले चिरप्रतिद्वन्द्वी भारत ए र पाकिस्तान ए भिड्दैछन्। 

फाइनल भिडन्त कोलम्बोको आर प्रेमदासा स्टेडियम भइरहँदा पाकिस्तानले भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ। 

भारत ए ले टस जितेर पहिले बलिङमा जाने निर्णय गरेपछि पाकिस्तानले ब्याटिङ गर्दै स्कोर ३२० रनमाथि पुर्‍याइसकेको छ।

पाकिस्तानले ४६ ओभर खेलिसक्दा ७ विकेटको क्षतिमा ३२५ रन बनाइसकेको छ। अहिले पाकिस्तानबाट मेहराज मुम्ताज र मोहम्म वासिम क्रिजमा छन्। 

यसअघि पाकिस्तानका लागि तैय्यब ताहिरले ७१ बलमा विस्फोटक  १०८ रनको शानदार पारी खेले। उनले १२ चौका र ४ छक्का पनि हाने। 

मुबासिर र तैय्यबबीच छैटौँ विकेटका लागि शतकीय साझेदारी भएको छ। टिमलाई पाँचौँ झट्का १८६ रनमा लागेको थियो। तर पाकिस्तानले स्कोर बढाएर साढे ३ सय नजिक पुर्‍याउन लागेको हो। 

पाकिस्तानका स्याम अयुब ५९ नर बनाएर आउट भए। उनलाई मानव सुथारले पवेलियन पठाए। साहिबजादा फरहान ६५ रन बनाएर आउट भए। 

रियान परागले २ लगातार बलमा २ विकेट लिए। उनले २८ औँ ओभरको पहिलो बलमा ओम्यार बिन युसुफ ३५ रन र अर्को बलमा कासिम अकरमलाई शून्यमा पबेलियन फर्काए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .