अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा खेल्ने सबैभन्दा कान्छी खेलाडी दक्षिण कोरियाकी फेयर केसी बनेकी छिन्।
कोलोम्बोविरुद्धको खेलमा ७८ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी फरवार्ड केसी विश्वकप खेल्ने सबैभन्दा कान्छी खेलाडी बनेकी हुन्।
यो शृंखलासँगै उनले नाइजेरियाकी स्ट्राइकर इफेनी चिजाइनको नाममा रहेको कीर्तिमान आफ्नो नाममा गरेकी छन्। इफेनीले सन् १९९९ मा १६ वर्ष ३४ दिनमा विश्वकपमा डेब्यु गरेकी थिइन्।
१६ वर्ष २६ दिनकी केसी चोइ युरीको स्थान लिर्दै मैदान छिरेकी थिइन्। अमेरिकी मुलकी केसीले २६ दिनअघि आफ्नो १६ औँ जन्मदिन मनाएकी थिइन्। अमेरिकी बुबा र कोरियाली आमाकी सन्तान केसी दक्षिण कोरियाली महिला फुटबल टोलीमा मिश्रित वंशकी पहिलो खेलाडी हन्।
सन् २०२३ को फिफा महिला विश्वकपका बोलाइनु अघि उनी दक्षिण कोरियाको यू–१७ को टोलीमा थिइन्।
फेयरले सन् २०२४ को एएफसी यू–१७ महिला एशियाली कपमा टोलीलाई छनोट हुन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनले ताजकिस्तानविरुद्ध दुई र हङकङविरुद्ध तीन गोल गरेकी थिइन्।
Shares
प्रतिक्रिया