ad ad

खेल


लगातार लयमा मेस्सी, लिग कपको अन्तिम १६ मा पुग्यो इन्टर मियामी

मियामीका लागि ३ खेलमा गरेर ५ गोल
लगातार लयमा मेस्सी, लिग कपको अन्तिम १६ मा पुग्यो इन्टर मियामी

नेपालखबर
साउन १८, २०८० बिहिबार ११:१६, काठमाडौँ

अमेरिकन मेजर लिग सकर क्लब इन्टर मियामीका लागि अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेस्सीले ३ खेलमै पाँच गोल गरेका छन्।

लिग कपअन्तर्गतका तीनवटा भिडन्तमा मेस्सीले गोलसंख्या ५ पुर्‍याएका हुन्। 

बिहीबार बिहान भएको लिग कपको अन्तिम १६ प्रवेशका लागि भएको खेलमा मेस्सीले २ गोल गरे। 

ओर्नाल्डो सिटीविरुद्ध उत्रिएको इन्टर मियामीले मेस्सीकै प्रेरणामा ३-१ को सहज जित निकाल्दै अन्तिम १६ को यात्रा पक्का गरेको हो। 

इन्टर मियामीका लागि मेस्सीले खेलको सातौँ मिनेटमा रोबर्ट टेलरको पासमा गोल गरे। त्यसपछि खेलको १७ औँ मिनेटमा ओर्नाल्डोका लागि सेसर आर्युजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा खेलको ५१ ओँ मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीबाट गोल गर्दै मियामीलाई २-१ को अग्रता दिलाए।

मियामी त्यतिमै रोकिएन। खेलको ७२ औँ मिनेटमा जोसेफ मार्टिनेजको पासमा मेस्सीले गोल गर्दै अग्रता ३-१  मा पुर्‍याए।अब लिग कपको अन्तिम १६ मा हुने भिडन्तमा इन्टर मियामीले एफसी डल्लाससँग प्रतिस्पर्धा गर्ने छ। मेस्सी आवद्ध हुनुअघि लगातार खराब प्रदर्शनबाट गुज्रिएको इन्टर मियामीले पनि लय समातेको छ। लगातार तीन खेलमा जित निकालेपछि मियामीमा नयाँ जोश भरिएको छ। 

मेस्सीले यसअघि लिगकपकै दोस्रो खेलमा व्यक्तिगत २ गोल गर्दै एटलान्टा युनाइटेडविरुद्ध मियामीलाई ४-० को एकपक्षीय जित दिलाए।

त्यसअघि जुलाई २१ मा मेस्सीले डेब्यु गरेको खेलमा इन्टर मियामी २-१ ले विजयी भयो। खेल १-१ गोलको बराबरीमा सकिने अवस्थामा मेस्सीले इन्जुरी समयको अन्तिम क्षणमा फ्रि किकबाट मियामीलाई जिताएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .