ad ad

खेल


सर्रे जागुअर्सका लागि सन्दीपको घातक बलिङ, क्वालिफायर्समा पुग्यो टोली

सर्रे जागुअर्सका लागि सन्दीपको घातक बलिङ,  क्वालिफायर्समा पुग्यो टोली

नेपालखबर
साउन १८, २०८० बिहिबार १२:५२, काठमाडौँ

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा सर्रे जागुअर्स ग्लोबल टी–२० क्यानडाको क्वालिफायर्समा पुगेको छ। 

गएराति भएको खेलमा मिसिसौगा प्यान्थर्सलाई ८ विकेटले पराजित गर्दै सन्दीप आवद्ध टोली सर्रे क्वालिफायर्समा पुगेको हो। 

प्यान्थर्सले दिएको ५७ रनको झिनो लक्ष्य सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। 

त्यसअघि पहिला ब्याटिङ गरेको प्यान्थर्सले १४.३ ओभरमा ५६ रनमा समेटियो। 

सर्रेको जितमा घातक बलिङ गरेका सन्दीपले आफ्नो स्पेलमा मात्र ६ रन दिएर ३ विकेट लिए।

सन्दीपले ७.५ ओभरमा आजम खानलाई २ रनमा क्याच आउट गराए। छैटौँ बलमा टम कुपरलाई शून्य रनमा एलबीडब्लु आउट गराए। 

१३.४ ओभरमा जाहुर खानलाई पनि एलबीडब्लु धरापमा पारे। 

२३ औँ जन्मदिन मनाइरहेका लामिछानेले उक्त खेलमा प्लेयर अफ द म्याच अवार्ड जिते। ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिएका उनी प्लेयर अफ द म्याच भएका हुन्। 

सन्दीपले प्लेयर अफ द म्याच अवार्ड जित्दा १ लाख ३२ हजार नेपाली पनि प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .