१८ वर्ष राष्ट्रिय क्रिकेटमा योगदान गरेका ज्ञानेन्द्र मल्लले शुक्रबार अकस्मात सन्यासको घोषणा गरे। अघिल्लो दिनमात्रै श्रृलंकाबाट राष्ट्रिय टोलीसँगै फर्किएका ज्ञानेन्द्रले २४ घन्टा नबित्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्।
आफूले नेतृत्व गरिसकेको राष्ट्रिय टोली छाड्दै गर्दा उनी निकै भावुक देखिए।
पत्रकार सम्मेलनको सुरुमा धन्यवाद दिने क्रममा उनले श्रीमती र छोरीलाई पनि सम्झिए।
श्रीमती र छोरीको नाम लिँदा मल्ल केहीबेर भक्कानिए। छोरीको नाम लिँदै गर्दा उनको गला अवरुद्ध भएको थियो।
‘विशेषगरी मेरो श्रीमती, जसले मेरो हरेक सुखदुःखमा साथ दिइन्,’ ज्ञानेन्द्रले गला अवरुद्ध पार्दै भने, ‘छोरी, मेरो खुसी जो क्रिकेट र क्रिकेट बाहिरको खुसी पनि। र सम्पूर्ण आफन्तलाई पनि सम्झन चाहन्छु।’
708
Shares
प्रतिक्रिया