सिड्नी सिक्सर्स विरुद्धको सोमबारको खेलमा सन्दीपले डेनियल ह्युजेसर र जोस फिलिप्पीलाई पवेलियनको बाटो देखाएका हुन्।
डेनिललाई चौथो ओभरको ४ बलमा र जोसलाई अन्तिम बलमा सन्दिपले आउट गरे। ३ ओभर बलिङ गरेका सन्दिपले ३८ रन खर्चे।
अष्ट्रेलियाको सिड्नीमा जारी खेलमा सन्दीप सम्मिलित मेलबर्नले टस जितेर फिल्डिङ रोजेको थियो। वर्षाका कारण १४ ओभरमा छोट्टाईएको खेलमा सिड्नीले मेलर्वनलाई १ सय ४४ रनको लक्ष्य दिएको छ।
सिड्नीले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको हो। सिड्नीका मोइसेस हेनरिक्स र जेम्स भिन्सले १ सय १४ रनको साझेदारी गरेपछि मेलबर्नलाई सम्मानजनक योगफल दिएको हो।
मेलबर्नका लागि मोइसेसले ७२ रनको उल्लेख्य पारि खेले। भिन्स ४१ रनमा नटआउट रहे। केहीबेबरमा सन्दीपको टोलीले जवाफी व्याटिङ गर्नेछ।
प्रतिक्रिया