ब्राइटनका मिडफिल्डर मोइसेस क्यासेडोलाई भित्राउनका लागि चेल्सीले बेलायती कीर्तिमानी रकम खर्च गरेको छ।
२१ वर्षिय मोइसेसका लागि चेल्सीले १ सय १५ मिलियन पाउण्ड खर्च गर्न सहमत भएको हो।
लिभरपुलले मोइसेसका लागि १ सय ११ मिलियन पाउण्ड खर्च गर्न तयार भएपनि चेल्सीले यो भन्दा धेरै रकम दिन तयार भएको हो।
चेल्सीले २०२३ मा दुइ पटक ब्रिटीस रेकर्ड तोडेको छ। गत जनवरीमा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजलाई १ सय ७ मिलियन पाउन्ड खर्च गरेको थियो।
घरेलु सिजनमा ब्राइटनको टोलीबाट बाहिर राखिएका उनको मेडिकल हुन बाँकी छ। मोइसेसका लागि सुरुवातमा १ सय मिलियन पाउन्ड खर्च गरेपनि ब्राइटनले बिक्री अन क्लज वार्ता गरेको छ।
मोइसेस इक्वेडरको इन्डिपेन्डिएन्ट डेल भालेबाट २०२१ को फेब्रुअरीमा ४ मिलियन पाउण्डमा ब्राइटनमा सामेल भएका थिए।
54
Shares
प्रतिक्रिया