स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ।
नयाँ सिजनको पहिलो खेलका क्रममा अवस्था तनावपूर्ण भयो। खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।
त्यहीकारण डिफेन्डिङ च्याम्पियन बार्सिलोना अंक बाँड्न बाध्य भयो।
खेलको पहिलो हाफमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो।
दोस्रो हाफमा गेटाफे १० खेलाडीमा सिमित बनेको थियो। खेलमा बार्साका प्रशिक्षक जाभीले पनि रातो कार्ड खाँदै बाहिरिएका थिए।
खेलको ४२ औं मिनेटमा ब्राजिलियन राफिन्हाले गेटाफेका गास्टन अल्भारेजलाई कुइनोले हानेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए।
खेलको ५७ औँ मिनेटमा जेमी माटाले दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडे। त्यही क्रममा विवाद हुँदा जाभीले पनि रातो कार्ड पाएका थिए।
बराबरीसँगै बार्सिलोना १० औं र गेटाफे भने ११ औं स्थानमा छ।
गएरातिकै अर्को खेलमा सेल्टाभिगोलाई २–० ले पराजित गर्दै ओसासुना शीर्ष स्थानमा उक्लिएको छ।
अर्को खेलमा रियल बेटीसले भिल्ला रियललाई २–१ ले हराएको छ। रियल बेटीस चौथो स्थानमा उक्लिएको छ।
Shares
प्रतिक्रिया