अर्जेन्टिनी स्टार लियोनल मेस्सी सम्मिलित अमेरिकी क्लब इन्टर मियामी लिग्स कप २०२३ को उपाधि नजिक पुगेको छ।
मियामीले अब उपाधिका लागि शनिबार नाशभिलसँग खेल्नेछ। लिग्स कपको फाइनल शनिबार टेनेसीको जिआडिस पार्कमा हुनेछ।
मंगलबार राति भएको सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४–१ को फराकिलो अन्तरले हराउँदै मियामी फाइनलमा पुगेको हो।
मियमीलाई फाइनलमा पुर्याउन कप्तान लियोनल मेस्सी, जोसेफ मार्टिनेज, जोर्डी अल्बा र डेविड ओचोआले गोल गरे।
मेस्सीले पीएसजीबाट मियामी गएपछि खेलेका पछिल्ला ६ खेलमा लगातार गोल गरेका छन्।
फिलाडेल्फिया युनियनका लागि आलेहान्द्रो बेडोयाले गरेको गोल सान्तवना बन्यो।
दोस्रो सेमिफाइनलमा नासभिलले मोन्टरेलाई २–० ले हराउँदै मियामीसँगको भेट पक्का गरेको हो।
लिग्स कपको फाइनलमा स्थान बनाएसँगै मियमी र नाशभिलले सन् २०२४ मा हुने कन्काकाफ च्याम्पियन कपमासमेत स्थान बनाएका छन्।
यसैबीच मोन्टेरीले फिलाडेल्फिया युनियनविरुद्ध तेस्रो स्थानका लागि खेल्नेछ।
Shares
प्रतिक्रिया