नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा जारी टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज (आइतबार) ओमानसँग खेल्दैछ।
क्यानडाको किंग सिटीमा हुने खेल आज राति पौने १० बजे सुरु हुनेछ।
सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग १४ रनले पराजित भएको नेपाली टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछ।
उता नेपालमाथि हावी बन्दै आएको ओमान आज पनि नेपाललाई पराजित गर्दै सिरिजमा सुखद सुरुवात गर्ने योजानमा छ।
क्यानडामा सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजपछि यी टोलीले टी–२० सिरिज खेल्न लागेका हुन्।
टी–२० सिरिजपछि नेपाली टोली लिग–२ का लागि उतैबाट अमेरिका जानेछ।
45
Shares
प्रतिक्रिया