फिफाका सहायक रेफ्री विक्रम चौधरीको शुक्रबार बिहान निधन भएको छ।
शुक्रबार बिहान अभ्यासका क्रममा मैदानमा नै लडेका उनको हृदयघातका कारण मृत्यु भएको हो।
मैदानमा लडेका चौधरीलाई आर्मीको स्वास्थ्य टोलीले सीपीआर दिएको थियो। पछि थप उपचारका लागि छाउनीस्थित आर्मी अस्पताल लगिएपनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
सर्लाहीका चौधरी २ दशकदेखि रेफ्री गर्दै आएका थिए। चौधरी सन् २०२१ देखि फिफा असिस्टेन्ट रेफ्री रहेका थिए।
204
Shares
प्रतिक्रिया