ad ad

खेल


मेस्सीको कप्तानीमा इन्टर मियामीले जित्यो इतिहासमै पहिलो उपाधि

मेस्सीको कप्तानीमा इन्टर मियामीले जित्यो इतिहासमै पहिलो उपाधि

नेपालखबर
भदौ ३, २०८० आइतबार ११:२६, काठमाडौँ

लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले इतिहासकै पहिलो उपाधि उचालेको छ। 

शनिबार राति भएको लिग्स कप २०२३ को फाइनलमा सडन डेथमा नाशभिल एफसीलाइए हराउँदै मायमीले पहिलो उपाधि जितेको हो।

सन् २०२० मा लिगमा सामेल भएको मियामीको पहिलो उपाधि हो। 

निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेकलिएको थियो। टाइब्रेकरमा बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो। 

दुवै टोलीका खेलाडीले लगातार ९ गोल गरेपछि खेलको निर्णय दुवै टोलीको गोलरक्षकको हातमा पुगेको थियो।

अन्तिम प्रहारमा मायमीका गोलरक्षक क्यालेनडरको प्रहारले पोष्टको जाली चुम्दा नाशभिलका गोलरक्षक पानिचोको प्रहार विफल भयो। 

खेलको २३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै मायमीलाई १–० ले अघि बढाए।

तर खेलको ५७ औं मिनेटमा  फाफा पिकाल्टले बराबरी गोल फर्काए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा सडन डेथसम्म पुग्नु परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .