नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर विवाह बन्धनमा बाँधिएका छन्।
विमलले आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नी प्रेमिकासँगको विवाहको तस्बिर सार्वजनिक गरेका हुन्।
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका विमल र उनकी प्रेमिका लिना प्रधान विवाह बन्धनमा बाँधिएका हुन्।
विवाहको फोटो सार्वजनिक गर्दै विममले लेखेका छन्, ‘मेरो हिजो आज र सँधैभरि.. र उनी अरु कोही होइनन् मेरी अर्धाङ्गिनी।’
विमलले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत दशरथ रंगशालामा भएको पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि खेलमा गरेको गोल लिनालाई नै समर्पण गरेका थिए।
1.2k
Shares
प्रतिक्रिया