फिफा महिला विश्वकपको उपाधि विजेता स्पेनले व्यक्तिगत अवार्डमा पनि बाजी मारेको छ।
पहिलो पटक विश्वकप खेलेको इल्याण्डकी गोलरक्षक मेरी इप्र्सले गोल्डेन ग्लोभ अवार्ड जितेकी छिन्।
मोलले फाइनलमा स्पेनकी मारियोना क्याल्डेन्टीको प्रहार रोकेकी थिइन्।
महिला विश्वकपमा स्पेनकी मिडफिल्डर ऐताना बोनमती प्लेयर अफ दि टुर्नामेन्ट बनिन्।
महिला विश्वकपको गोल्डेन बल विजेता बार्सिलोनाकी मिडफिल्डर दुई पटककी बालोन डि ओर विजेता समेत हुन्।
प्रतियोगिताको यु्वा सर्वोत्कृष्ट खेलाडीको उपाधि स्पेनकी सलमा पारल्युलोले जितिन्।
महिला विश्वकपको नवौं संस्करणमा इंग्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले पहिलो पटक उपाधि जितेको छ।
पहिलो पटक फाइनल पुगेको स्पेन पहिलो सहभागितामा नै उपाधि उचाल्न सफल भयो।
पहिलो पटक विश्वकपको फाइनलमा पुगेको युरोपियन च्याम्पियन इंल्याण्ड उपविजेतामा सीमित बन्यो।
विश्वकपको सह–आयोजक अष्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो बनेको छ।
Shares
प्रतिक्रिया