फिफा महिला विश्वकपको फाइनलमा युरोपेली च्याम्पियन इंग्ल्याण्डलाई हराउँदै स्पेनले पहिलो पटक उपाधि चुमेको छ।
स्पेनका लागि इतिहास कोर्ने क्रममा टोलीकी कप्तान ओल्गा कार्माेनाले निर्णायक गोल गरिन्।
स्टेडियम अस्ट्रेलियामा भएको विश्वकप फाइलनमा निर्णायक गोल गरेपछि कार्मोनाले मेर्ची लेखिएको टिर्सट देखाउँदै सेलिब्रेसन गरेकी थिइन्।
‘यो मेरो साथीका लागि समवेदना थियो जसले केही दिनअघि आफ्नी आमा गुमाएकी थिइन्’, खेलपछि उनले भनिन्।
साथीकी आमाका लागि विश्वकपका गरेको गोल सर्मपण गरिरहँदा मोर्चीलाई पनि थाहा थिएन उनका बुबाले पनि उनलाई सधैँका लागि छाडेर गइसके।
रियल मड्रिडकी लेफ्ट ब्याक कामोनाका बुवा लामो समयदेखि बिरामी थिए। उनको बुवाको शुक्रबार नै निधन भएको थियो।
कार्मोनाका परिवार र साथीहरुले विश्वकपको फाइनलअघि उनलाई बुवाको निधनको खबर नसुनाउने निर्णय गरेका थिए।
कार्मोनाको ध्यान फाइनलमा मात्रै केन्द्रित होस् भन्ने उद्धेश्यले कार्माेनाकी आमा र भाइहरु उनलाई समर्थन गर्न अष्ट्रेलिया पुगेका थिए।
कार्मोनालाई खेलपछि मात्रै उनको बुवाको मृत्युको खबर सुनाइएको थियो।
विश्वकपको फाइनलअघि बुवा गुमाएकी २३ वर्षीया कप्तान कार्मोनाले आफ्नो गोल उनैलाई समर्पण गरिन्।
फाइनलपछि कार्मोनाले सामाजिक सञ्जालमा लेखिन्, ‘मलाई थाहा छ तपाईंले हेरिरहनुभएको छ, मप्रति गर्व महसुस गर्नु भएको छ, हार्दिक श्रद्धाञ्जली बुवा!’
कार्मोनाले मेडललाई किस गरिरहेको फोटो राख्दै भावुक सन्देश लेखेकी हुन्।
‘खेल सुरु गर्नुअघि मलाई थाहा थियो, मसँग मेरो स्टार थियो मलाई थाहा छ, तपाईंले मलाई केही गर्ने अद्वितीय उपलब्धि हासिल गर्न बल दिनुभएको छ’, उनले भनेकी छन्।
स्पेनिस फुटबल संघले पनि सामाजिक सञ्जालमार्फत कामोनाको बुबाको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ।
विश्वकपमा स्पेनले खेलेका ७ खेलमा कार्मोनाले पाँच खेलमा सुरुवाती रोजाइमा मैदान उत्रेकी थिइन्।
Shares
प्रतिक्रिया