इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित निकालेको छ।
क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा आर्सनलले १-० को जित हात पारेको हो।
खेलको ५३ औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डको पेनाल्टीमा आर्सनलले जित निकालेको हो।
क्रिस्टल प्यालेसका गोलरक्षक स्याम जोनस्टोनले आर्सनलका स्ट्राइकर एडि एनकेटियामाथि पेनाल्टी एरियामा फाउल गरेपछि आर्सनले पेनाल्टीको मौका पाएको थियो।
खेलको ६७ औं मिनेटमा भने ताकेहिरो टोमियासु दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित हुन पुग्यो।
लिगमा लगातार दोस्रो जित निकालेको आर्सनल ६ अंकमा तालिकाको तेस्रो स्थानमा उक्लेको छ।
एक खेलमा जित र अर्को खेलमा हार भोगेको क्रिस्टल प्यालेस ३ अंकमा ११ औं स्थानमा छ।
21
Shares
प्रतिक्रिया