ad ad

खेल


जिम्बाब्वेका अलराउन्डर क्रिकेटर हिथ स्ट्रिकको ४९ वर्षमा निधन

जिम्बाब्वेका अलराउन्डर क्रिकेटर हिथ स्ट्रिकको ४९ वर्षमा निधन

नेपालखबर
भदौ ६, २०८० बुधबार ११:१८, काठमाडौँ

जिम्बाब्वे क्रिकेट टिमका पूर्व कप्तान तथा दिग्गज अलराउन्डर खेलाडी हिथ स्ट्रिकको ४९ वर्षको उमेरमा मंगलबार निधन भएको छ।

उनी पछिल्लो समयदेखि क्यान्सरबाट पीडित थिए। स्ट्रिकले जिम्बाब्वेका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ६५ टेस्ट र १८९ वानडे म्याच खेलेका थिए।

स्ट्रिकलाई आन्द्रा र कलेजोको क्यान्सर थियो। उनको उपचार दक्षिण अफ्रिकामा भइरहेको थियो।

उनको शोकमा पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सहवागले लेखेका छन्, ‘हिथ स्ट्रिकको निधनबारे सुनेर धेरै दुखी छु। उनी धेरै  प्रतिभाशाली र प्रतिस्पर्धी खेलाडी थिए। उनी जिम्बाब्वेका अहिलेसम्मकै सर्वश्रेष्ठ अलराउन्डरमा एक थिए।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .