स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले लुइस रुबियालेसले जेनी हर्मोसोलाई ओठमा चुम्बन गर्नु अस्वीकार्य भएको बताएका छन्।
आइतबार फिफा महिला विश्वकपको फाइनलमा इंल्याण्डलाई १–० ले हराउँदै स्पेनले विश्वकपको उपाधि जितेपछि स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले फरवार्ड जेनी हर्मोलाई ओठमा चुम्बन गरेका थिए।
अध्यक्ष रुबियालेसले सोमबार यसका लागि माफि माग्दै आफू पूर्ण रुपमा गलत भएको समेत बताइसकेका छन्।
तर स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भने, ‘हामीले जे देख्यौँ त्यो अस्विकार्य इशारा थियो। रुबियाल्सको माफि पर्याप्त छैन। हामी सबैले देखेको कुराहरु स्पष्ट पार्न उनले कदम चाल्नुपर्छ।’
स्पेनकी दोस्रो उपप्रधानमन्त्री योलान्डा डियाजले रुबियालेसको राजीनामा मागेकी छन्।
उनले भनिन्, ‘तिनीहरुको बहाना बेकार छन्, उनीहरुले हामीलाई देखाउँछन् की हाम्रो देशमा अझै गर्न बाँकी छ। पुरुष र महिला समान बन्नका लागि अझै धेरै गर्न बाँकी छ।’
स्पेनिस फुटबल महासंघले अत्यावश्यक रुपमा भन्दै साधारण सभा बोलाएको छ। फाइनलपछि हर्मोसोले इन्स्टाग्राममा रुबियालेसको कार्य मन नपरेको बताएकी थिइन्।
Shares
प्रतिक्रिया