चार देश सम्मिलित टी-२० आई क्रिकेटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कुवेतसामु ९० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
बायोमास ओभलमा कुुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रनको सामान्य योगफल तयार पारेको हो।
कुवेतका बलरसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालका लागि इन्दु बर्माले बनाएको २३ रन नै सर्वाधिक रह्यो। इन्दुले १९ बलमा २ चौका मद्दतमा २३ रन बनाउँदा क्याच आउट हुन पुगिन्।
बिन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कुवेतका लागि मरियम हैदर एक्लैले चार विकेट लिइन्। मरियम उमरले दुई तथा प्रियदा मुरली र खासदजा खलीलले समान एक विकेट आफ्नो नाममा गरे।
24
Shares
प्रतिक्रिया