ad ad

खेल


सावित्रा सम्मिलित गोकुलम केरला एफसी भारतीय महिला लिगमा छनोट

सावित्रा सम्मिलित गोकुलम केरला एफसी भारतीय महिला लिगमा छनोट

नेपालखबर
माघ ८, २०७६ बुधबार १२:२२,

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा सम्मिलीत गोकुलम केरला एफसी भारतीय महिला लिगमा छनोट भएको छ।

समग्रमा अलकापुरा लाई ९-१ ले हराउँदै गोकुलम आइ लिगमा छनोट भएको हाे। बुधबार दोस्रो लेगमा गोकुलमले अलकापुरालाइ ८-१ ले हराएको छ।

गोकुलमको जितमा सावित्राले २ गोल गरिन्। उनलै दुवै गोल खेलको पहिलो हाफमा गरेकी थिईन्। कमलाले ३, दयाले २ र मनिषाले १ गोल गरे। 

पहिलो लेगमा गोकुलमले अलकापुरालाई १-० ले हराएको थियो।

लिगमा गोकुलमबाट सावित्रा भण्डारी मैदान उत्रदा डिफेन्डिङ च्याम्पियन सेथु एफसीमा अनिता बस्नेत सहभागी छन्। गोकुलम समुह बी र सेथु समुह ए मा रहेको छ। शुक्रबारदेखि सुरु हुने आइ लिग फेब्रुअरी १४ सम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .