ad ad

खेल


बाबर आजम भन्छन् : नेपाली टोलीलाई कमजोर ठानेका छैनौँ

बाबर आजम भन्छन् : नेपाली टोलीलाई कमजोर ठानेका छैनौँ

नेपालखबर
भदौ १३, २०८० बुधबार १२:२१, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु गर्दैछ। 

मुलतान क्रिकेट स्टेडियममा हुने खेल दिउँसो सबा ३ बजे सुरु हुनेछ। 

नेपालले एसिया कपमा डेब्यु गर्दा पाकिस्तानले १५ वर्षपछि प्रतियोगिता आयोजनाको मौका पाएको हो। 

एसिया कपमा प्रतिस्पर्धात्मक खेल खेल्ने रणनितिमा दुवै टोली छन्। नेपालसँगको खेल अघि टोलीका कप्तान बाबर आजमले नेपाली टोलीलाई कमजोर रुपमा नलिएको बताएका छन्। 

‘क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर रुपमा लिन हुँदैन। विपक्षी टोलीलाई कमजोर सोच्न हुँदैन। हामीले सबै टोलीलाई हेरेका छौँ, विपक्षी टोलीको कमजोर र बलियो पक्षलाई हेरेका छौँ’, उनले भने, ‘पछिल्लो समय जुन लयमा छौँ, त्यसैलाई निरन्तरता दिने योजनामा छौँ। 
एसिया कपको सबै खेल पाकिस्तानमा भएको भए राम्रो हुन्थ्यो। तर दुई देशमा खेल हुँदा हामीले फिजियोसँग छलफल गरेका छौँ। हाम्रो ट्राभल सेड्युल अनुसार तयारी गरिरहेका छौँ।’ 

प्रतियोगिता अनुसार पनि आफूलाई फिटनेसका लागि तयार पार्नुपर्ने उनले बताए। ‘खेलाडीलाई पनि त्यही अनुसारको च्यालेन्ज दिएका हुन्छौँ। अहिले सबै खेलाडी फिट छन्’, उनले भने, ‘अहिले नेपालसँगको खेलमा नै हामी ध्यान दिइरहेका छौँ। नेपालसँगको खेलपछि हामी भारतसँगको खेललाई ध्यान दिन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .