ad ad

खेल


एसिया कपको उपलक्ष्यमा जनकपुरधाम उपमहानगरका सबै विद्यालयमा बिदा

एसिया कपको उपलक्ष्यमा जनकपुरधाम उपमहानगरका सबै विद्यालयमा बिदा

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८० बुधबार १४:९, काठमाडौँ

नेपाल पहिलोपटक एसिया कप क्रिकेट खेल्न लागेको उपलक्ष्यमा धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज (बुधबार) दिउँसो २ बजेपछि नगर क्षेत्रका सबै विद्यालयलाई पढाइ बन्द गर्न निर्देशन दिएको छ।

एसिया कप खेल्न पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाली समयाअनुसार आज दिउँसो ३ बजे त्यहाँस्थित मुल्तान रंगशालामा पाकिस्तानसँगै भिड्दै छ। जसरी नेपाल पहिलोपटक एसिया कप खेल्दै छ, त्यसैगरी ओडीआई वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग पनि पहिलोपटक प्रतिस्पर्धा गर्दै छ। 

सीमित साधन–स्रोतमा पनि नेपाली क्रिकेट टिम एसिया कपमा सहभागी हुनु तथा पाकिस्तानजस्तो शक्तिशाली टिमसँग प्रतिस्पर्धा गर्न पाउनु सबै नेपालीका लागि गौरवको विषय भएको उल्लेख गर्दै जनकपुरधाम उपमहानगरपालिकाले खेल सुरु हुनुभन्दा एक घण्टाअघि नै दिउँसो २ बजेदेखि कक्षा बन्द गरेर बिदा दिन आफ्नो नगर क्षेत्रका सबै विद्यालयलाई भनेको हो। 

उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेही लाल यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘...नेपाली क्रिकेट टिम एसिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तानजस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरूको निम्ति ठूलो गौरवको कुरा भएको हुनाले आज पाकिस्तानसँग एसिया कपको पहिलो खेल (दिउँसो) ३ बजे देखि खेलिने भएकोले हाम्रो टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेलप्रति ऊर्जावान् भावना जागृत गराउनका निम्ति आज मिति २०८०/०५/१३ गतेका दिन २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिनहुन आदेशानुसार अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .