ad ad

खेल


नेपालविरुद्ध पाकिस्तानको विस्फोट ब्याटिङ, जितका लागि ३४३ रनको विशाल चुनौती

नेपालविरुद्ध पाकिस्तानको विस्फोट ब्याटिङ, जितका लागि ३४३ रनको विशाल चुनौती

नेपालविरुद्ध ब्याटिङमा बाबर आजम। तस्बिर : पाकिस्तानी क्रिकेट बोर्ड


नेपालखबर
भदौ १३, २०८० बुधबार १९:५, काठमाडौँ

कप्तान बाबर आजम र इफितखार अहमदको विष्फोटक ब्याटिङमा एसिया कपमा पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रनको योगफल तयार पारेको हो। नेपालले ओडिआइमा पाएको यो सबैभन्दा विशाल लक्ष्य हो। 

पाँचौं विकेटका लागि कप्तान बाबर र अहमदले २ सय १४ रनको साझेदारी गरेपछि नेपालसामु विशाल योगफल तयार पारेको हो। 

बाबरले १३१ बलमा १४ चौका र ४ छक्का हान्दै १ सय ५१ रन बनाउँदा सोमपाल कामीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। बाबरले नेपालविरुद्ध आडिआइ करियरको १९ औं शतक पूरा गरे।

नेपालविरुद्ध इफ्तिखार अहमदले १०९ रनमा नटआउट रहे। अहमदले ७१ बलमा ११ चौका र ४ छक्का हाने। अहमदले आफ्नो ओडिआइ करियरको पहिलो शतक पूरा गरेका हुन्। अहमदले ६७ बलमा १० चौका र ४ चौका मद्धतमा शतक पूरा गरेका थिए। 

तेस्रो विकेटका लागि बाबर आजम र मोहम्मद रिजवानले ८६ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङस् उकासेका थिए। रिजवान २४ औं ओभरको चौथो बलमा सन्दीप लामिछानको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट ४४ रनमा रन आउट भए। सोमपाल कै बलमा सघाव खान ४ रनमा बोल्ड आउट भए। 

पाकिस्तानविरुद्ध सोमपाल कामीले दुई विकेट झारे। करण केसी र सन्दीप लामिछानले समान एक विकेट लिए। 

सन्दीपले २८ औं ओभरको पाँचौं बलमा पाकिस्तानका अघा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए।

करणले छैटौँ ओभरको तेस्रो बलमा ओपनर ओपनर फखर जमानलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए। 

सोमपालले सातौ ओभरको पहिलो बलमा इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गराउँदै नेपाललाई लगातार दोस्रो सफलता दिलाएका थिए। 

मध्यम सुरुआत गरेको नेपालले बाबर र अहमदको साझेदारी तोड्न नसक्दा विशाल योगफल पाएको हो। 

ओडीआई वरीयताको शीर्ष टोली पाकिस्तान सामु कमजोर फिल्डिङ गरेको नेपालले मध्यम सुरुआत गरेपनि साझेदारी तोड्न नसक्दा दबाबमा आएको थियो। 

नेपालका ललित राजवंशीले आफ्नो स्पेलमा ४८ रन दिए। सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर एक विकेट लिए। सोमपाल कामीले १० ओभरमा १ मेडन राख्दै ८५ रन दिदा २ विकेट लिए।  

गुलसन झाले ४ ओभरमा ३५ र कुशल भुर्तेलले १ ओभरमा १० रन खर्चिन पुगे। दिपेन्द्र सिंह ऐरिले ६ ओभरमा ४० रन दिदा करण केसीले ९ ओभरमा ५४ रन दिएर १ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .