ad ad

खेल


नेपालले पहिलो ओभरमै गुमायो दुई विकेट

नेपालले पहिलो ओभरमै गुमायो दुई विकेट

नेपालखबर
भदौ १३, २०८० बुधबार १९:४२, काठमाडौँ

एसिया कपमा नेपालले लगातार दोस्रो विकेट गुमाएको छ। नेपालले पहिलो ओभरमा नै दुई विकेट गुमाएको हो।

ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अन्तिम बलमा कप्तान रोहित पौडेललाई गुमाएको हो।

ओभरको सुरुवाती दुई बलमा लगातार चौका प्रहार गरेका भुर्तेल ओभरको पाँचौं बलमा शहिन शा अप्रिदीको बलमा विकेट किपर मोहम्मद रिजवानको हातबाट क्याच आउट भए।

पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमा नै विकेट गुमाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .