एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध सम्हालिने प्रयास गरिरहेको छ। नेपालले १० ओभरको समाप्तीमा ३ विकेट गुमाएर ४७ रन बनाएको छ।
११ औं ओभरको खेल सकिदा नेपालले ३ विकेटको क्षतिमा ५६ रन बनाएको छ।
अहिले क्रिजमा आरिफ शेख १४ र सोमपाल कामी १५ रनमा नटआउट छन्।
दोस्रो ओभरमा नै तिन विकेट गुमाएर दबाबमा आएको नेपाल सम्हालिने प्रयासमा छ।
पहिलो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अन्तिम बलमा कप्तान रोहित पौडेललाई गुमाएको थियो।
ओभरको सुरुवाती दुई बलमा लगातार चौका प्रहार गरेका भुर्तेल ओभरको पाँचौं बलमा शहिन शा अप्रिदीको बलमा विकेट किपर मोहम्मद रिजवानको हातबाट क्याच आउट भए।
कप्तान रोहित अफ्रिदी कै बलमा गोल्डेन डक आउट भए। दोस्रो ओभरको चौथो बलमा ओपनर आशिफ शेख ५ रन बनाउँदा नसिम शाहको बलमा इफिखार अहमदको हातबाट क्याच आउट भए।
ओडिआई क्रिकेटमा नेपालले पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याइरहेको छ।
Shares
प्रतिक्रिया