ad ad

खेल


सिस्टम भएन भनेर प्रश्न गर्दै आएको थिएँ, अब मैतर्फ त्यो प्रश्न आएको छ : पारस खड्का

सिस्टम भएन भनेर प्रश्न गर्दै आएको थिएँ, अब मैतर्फ त्यो प्रश्न आएको छ : पारस खड्का

नेपालखबर
भदौ १५, २०८० शुक्रबार २१:१४, काठमाडौँ

बागमती प्रदेश क्रिकेट संघका नवनिर्वाचित अध्यक्ष पारस खड्काले कामबाट आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको बताएका छन्। 

शुक्रबार राजधानीमा भएको निर्वाचनमार्फत् अध्यक्ष निर्वाचित भएका खड्काले लगत्तै प्रतिक्रिया दिँदै काम गर्न सक्ने व्यक्तिहरुको संगठन बनाउने चाहना आफ्नो रहेको बताए। 

‘नेपाल क्रिकेट संघमा काम गर्नसक्ने व्यक्तित्वहरुको संगठन बनाउने मेरो चाहना छ,’ खड्काले भने, ‘मैले क्रिकेट सिस्टम भएन भनेर प्रश्न गर्दै आएको थिएँ, अब त्यो प्रश्न मैतर्फ आजको दिनबाट आउनेछ। मैले कामबाटै यो देखाउनुपर्ने छ।’

साथै, नउले अहिलेको लागि संगठनमा पदाधिकारीको मात्र नियुक्त भएको भन्दै आफू कामले चिनिन चाहेको पनि बताए। 

आफू आज उक्त ठाउँसम्म पुग्न टिमवर्कले नै सफल भएको पनि उनले बताए। 

‘जति मान्छेले म प्रति भरोसा राख्नुभएको छ, आगामी दिनमा देश र क्रिकेटका लागि अझ धेरै काम गर्ने सोच छ,’ खड्काले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .