श्रृलंकामा जारी एसिया कपमा पाकिस्तानविरुद्ध भारतको खराब सुरुवात भएको छ। पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले २ विकेट गुमाएको छ।
भारतले ६.२ ओभरमा २ विकेट गुमाउँदै २७ रन बनाएको छ।
पानी परेपछि रोकिएको खेल पुनः सुरु भएपछिको ओभरमा कप्तान रोहित शर्मा र विराट कोहली आउट भए।
पाकिस्तानका बलर शाहिन शाह अफ्रिदीको पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा बोल्ड आउट भए।
रोहितले २२ बलमा २ चौका हाने।
सातौं ओभरको तेस्रो बलमा विराट कोहली पनि अफ्रिदीको बलमा ५ रनमा बोल्ड आउट भए।
भारत र पाकिस्तानबीचको खेल जारी छ।
147
Shares
प्रतिक्रिया