ad ad

खेल


एसिया कप : भारतविरुद्ध नेपालको खेल हेर्न जनकपुरधाम उपमहानगरका सबै विद्यालयमा २ बजेपछि बिदा

एसिया कप : भारतविरुद्ध नेपालको खेल हेर्न जनकपुरधाम उपमहानगरका सबै विद्यालयमा २ बजेपछि बिदा

नेपालखबर
भदौ १८, २०८० सोमबार ९:५०, काठमाडौँ

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल भारतविरुद्ध खेल्न लागेको उपलक्ष्यमा आज जनकपुरधाम उपमहानगरका सबै विद्यालयलाई दिउँसो २ बजेपछि पढाइ बन्द गर्न निर्देशन दिइएको छ।   

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा नेपाली समयानुसार आज दिउँसोे सवा ३ बजे नेपाल र भारतबीच आज समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुादै छ। 

पहिलोपटक एसिया कपमा सहभागी भइरहेको हाम्रो देशले उद्घाटन खेलमा यही भदौ १३ गते पाकिस्तानसँग खेल्दा पनि दिउँसो २ बजेपछि आफ्नो नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको जनकपुर उपमहानगरपालिकाले आज पनि बिदा दिने भएको हो। 

उपमहानगरको शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अञ्जु पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टिमको हौसल बढाउन मिति २०८०/०५/१८ गतेका दिन २ः०० बजेपछि कुनै पनि कक्षा सञ्चाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .