ad ad

खेल


कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

फाइल फाेटाे


नेपालखबर
भदौ १८, २०८० सोमबार १०:३७, काठमाडौँ

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको खेलमा कतारलाई हराएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित हासिल गर्दै एक खेलअगावै अन्तिम चारमा स्थान बनाएको हो। 

कतारले दिएको ७५ रनको सामान्य लक्ष्य नेपालले १०.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो। 

ओपनर काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन्। ओपनर सीता राना मगर १७ र इन्दु बर्मा २० रनमा नटआउट रहे। 

त्यसअघि मलेसियाको बांगीमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल तयार पारेको थियो। 

साची धडवालले बनाएको २१ रनको कतारका लागि सर्वाधिक रह्यो। एलिना खान १५ रनमा रनआउट भइन्।

नेपालकी इन्दु बर्मा एक्लैले तीन विकेट लिइन्। पूजा महतो र कविता जोशीले समान एक विकेट आफ्नो नाममा गरे।

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो। 

समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार यूएईसँग खेल्नेछ। यो खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .