एसिया कप अन्तर्गत भारतविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेखले ५० रनको साझेदारी गरेका छन्।
श्रीलंकाको कान्डीस्थित पाल्केले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ८.५ ओभरमा विना विकेटको क्षतिमा ५३ रनको साझेदारी गरेका हुन्।
ओपनर कुशल भुर्तेल २९ र आशिफ शेख २० रनमा नटआउट छन्। कुशलले २१ बलमा ३ चौका र १ छक्का हाने। आशिफले ३३ बलमा ४ चौका प्रहार गरे।
पहिलो पाँच ओभरमा ३ क्याच छाडेपछि भारत केही दबाबमा देखिएको छ।
पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले हार भोगेको नेपाल भारतविरुद्ध सम्हालिएर खेलिरहेको छ।
24
Shares
प्रतिक्रिया