एसिया कपमा नेपालले भारतविरुद्ध दोस्रो विकेट गुमाएको छ।
१६ औं ओभरको अन्तिम बलमा भिम सार्की रविन्द्र जडेजाको बलमा बोल्ड आउट भए। १७ बलमा ७ रन बनाएका भिम आउट भए।
त्यसअघि दशौं ओभरको पाँचौ बलमा ओपनर कुशल भुर्तेल ३८ रन बनाएर पवेलियन फर्केका थिए।
श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १६ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ७७ रन बनाएर खेलिरहेको छ।
क्रिनमा आशिफ शेख २८ रन बनाएर खेलिरहेका छन्।
39
Shares
प्रतिक्रिया