एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दुई सय रन पूरा गरेको छ। ४४ औं ओभरको तेस्रो बलमा सातौ विकेट गुमाउँदै नेपालले २ सय रन पूरा गरेको हो।
श्रीलंकामा जारी खेलमा नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामी क्रिजमा छन्।
सोमपाल २८ र सन्दीप ४ रन बनाएर खेलिरहेका छन्।
पहिलो खेलमा पाकिस्तानविरुद्ध १ सय ४ रनमै अलआउट भएको नेपालले भारतविरुद्ध भने सम्हालिएर प्रदर्शन गरिरहेको छ।
नेपालका दुवै ओपनरले उत्कृष्ट सुरुवात गरेपछि नेपाल सम्मानजनक स्कोरतर्फ अघि बढेको हो।
कुशल भुर्तेलले ३८ र आशिफ शेखले ५८ रन बनाए। तर त्यसपछि आएका भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल सस्तैमा आउट हुँदा नेपाल दबाबमा प¥यो।
भीम ७, रोहित ५ र कुशल २ रनमै आउट भए।
तर, पछिल्लो क्रममा ब्याटरले पुनः नेपाललाई सम्हाले। गुलशन झाले २३ र दीपेन्द्रसिह ऐरी २९ रन बनाएर आउट भए।
भारतका लागि रविन र जडेजाले १० बलमा ४० रन खर्चिंदै ३ विकेट लिए। महम्मद सिराज २ तथा हार्दिक पाण्ड्या र सर्दुल ठाकुरले समान १/१ विकेट लिए।
Shares
प्रतिक्रिया